ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको भाउ आज सात सय रुपैयाँले घटेको छ ।

सुनको भाउ सात सय रुपैयाँले घटेर आज तोलाको एक लाख ९१ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको एक लाख ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदीको भाउ शुक्रवार, हिजो र आज तोलामा दुई हजार पाँच रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार