रास्वपा महाधिवेशनः आज बन्दसत्र, भोलि मतदान

चितवन । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत आज बन्दसत्र बिहान ८स्३० बजेबाट सुरु हुँदैछ। बन्दसत्रमा अनुशासन, आर्थिक, सङ्गठनात्मक तथा राजनीतिक प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गरिने कार्यसूची छ।

दिउँसो १ बजेपछि निर्वाचन प्रक्रिया सुरु हुनेछ। उम्मेदवार मनोनयन दर्ता दिउँसो २ देखि ४ बजेसम्म हुने र अन्तिम उम्मेदवारको नामावली राति ११ बजे प्रकाशन गरिनेछ।

भोलि बिहान ८ः ३० बजेदेखि दिउँसो ३ बजेसम्म सभापति र ९९ केन्द्रीय सदस्यका लागि मतदान हुनेछ। मतगणना सम्पन्न भएपछि नतिजा सार्वजनिक गरी आवश्यक परे दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढाइनेछ।

महाधिवेशनमा ४ हजारभन्दा बढी प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवक सहभागी छन्।

सम्बन्धित समाचार

ताजा समाचार