नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा

काठमाडौं । सभापति गगनकुमार थापाले नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको दुश्मन नभई प्रमुख प्रतिष्पर्धी दल भएको बताएका छन् । चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति थापाले काँग्रेस र रास्वपाबीच प्रतिष्पर्धा भएपनि शत्रुताको सम्बन्ध नरहेको बताए । उनले आफूलाई रास्वपाको जनमत देखेर लोभ लागेको भन्दै काँग्रेसलाई रास्वपाबाट अग्लो बनाउने दाबी पनि गरे । उनले आफूहरूले अरूलाई कमजोर बनाएर नभई इमानदार काम गरेर राजनीतिक रूपमा उचाई हासिल गर्न चाहेको दाबी गरे । थापाले संसदमा प्रतिष्पर्धी भएको नाताले सरकारसँग आवश्यकताअनुसार सहकार्य र आलोचना दुवै गर्ने बताए ।
उनले भने, ‘नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइन । हामी प्रतिष्पर्धा गर्ने हो । हामी अग्लो हुनु चाहन्छौँ । तपाईहरुको अग्लाई देखेर लोभ लागेको छ । तर हामी तपाईहरुभन्दा अग्लो हुन चाहन्छौँ । बन्छौँ पनि एकदिन । तर तपाईहरुलाई सानो बनाएर, खुट्टा काटेर होइन । मन, वचन र कर्मले इमानदारितापूर्वक काम गरेर हामी अग्लो बन्न चाहान्छौँ । हामी सफा हुन चाहन्छौँ तर तपाईंहरुलाई फोहोर देखाएर होइन । हामी आफ्नो पार्टीभित्रको दुग्दन्ध हटाएर सफा हुन चाहन्छौँ । हामी तपाईहरुको दुस्मन होइनौँ । हामी संसदमा प्रतिष्पर्धी छौँ ।  जहाँ प्रश्न उठाउनुपर्ने हो, औँला ठड्याउनुपर्ने हो त्यहाँ औँला ठड्याउँछौँ । जहाँ थपडी बजाउनुपर्ने हो त्यहाँ थपडी बजाउँछौँ ।’
उनले आफ्ना नेताहरुको आलोचना गर्न नछाड्न समेत रास्वपापंक्तिलाई आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार