FIFA ले ल्यायो “टिकट ड्रप्स” योजना, १० हजार पोइन्टमा विश्वकप टिकट पाउने अवसर

विश्व फुटबलको सर्वोच्च संस्था FIFA ले आगामी 2026 FIFA World Cup लाई लक्षित गर्दै “Ticket Drops” नामक नयाँ रिवार्ड योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत FIFA Rewards सदस्यहरूले १० हजार FIFA Points प्रयोग गरेर विश्वकप खेलको टिकट जित्ने अवसर पाउने भएका छन्।  

FIFA का अनुसार पहिलो पटक अमेरिका, मेक्सिको र क्यानडामा हुने विश्वकपका विभिन्न १० खेलका लागि सीमित टिकट उपलब्ध गराइनेछ। प्रत्येक खेलका लागि केवल १० जोडी टिकट मात्र राखिएको छ। टिकट ड्रप्स मे २८, २०२६ बाट सुरु हुनेछ र पाँच चरणमा सञ्चालन गरिने जनाइएको छ। टिकट “पहिले आउने, पहिले पाउने” आधारमा वितरण हुनेछ।  

FIFA Rewards सदस्यहरूले दैनिक login, भिडियो हेर्ने, article पढ्ने तथा weekly challenges पूरा गरेर FIFA Points जम्मा गर्न सक्नेछन्। केही challenge मा २ गुणादेखि १० गुणासम्म points boost समेत उपलब्ध हुने बताइएको छ। साथै निकट भविष्यमै Roblox FIFA Super Soccer!, FIFA Rivals र FIFA PlayZone मार्फत पनि points कमाउने सुविधा थपिने भएको छ।  

FIFA ले टिकट प्राप्त गरेपछि त्यसलाई नगदमा साट्न वा बेच्न नपाइने स्पष्ट पारेको छ। साथै यात्रा, होटल, भिसा तथा अन्य व्यक्तिगत खर्च भने टिकट विजेताले आफैं व्यहोर्नुपर्नेछ।

यसअघि पनि FIFA ले विभिन्न साझेदार कम्पनीमार्फत विश्वकप टिकट giveaway र reward कार्यक्रम सञ्चालन गर्दै आएको थियो। अमेरिकी कम्पनी  Verizon ले समेत आफ्ना ग्राहकका लागि विशेष World Cup ticket sweepstakes सार्वजनिक गरिसकेको छ।  

सन् २०२६ को FIFA World Cup इतिहासकै सबैभन्दा ठूलो संस्करण हुनेछ, जसमा पहिलो पटक ४८ राष्ट्र सहभागी हुनेछन्। प्रतियोगिता अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुँदैछ।  

सम्बन्धित समाचार

ताजा समाचार