१२ औं एशियाली उमेरसमूह पौडीमा १६ नेपाली खेलाडीले खेल्ने

काठमाडौं । नेपालका १६ खेलाडीले थाइल्याण्डमा हुने १२ औं एशियाली उमेरसमूह स्विमिङ च्याम्पियनसिपमा चुनौती प्रश्तुत गर्ने भएका छन् । थाइल्याण्डको बैंकक शहरमा जुलाई १७ देखि २७ सम्म १२ औं एशियाली उमेरसमूह स्विमिङ च्याम्पियनसिप आयोजना हुँदैछ ।

उक्त प्रतियोगितामा नेपालका ६ महिला र १० पुरुष गरी १६ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका हुन् । १६ खेलाडीसहित कुल १९ सदस्यीय टोली बुधवार थाइल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ । सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहेता र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ लगायतले बिदाइ गरेका थिए ।

सो अवसरमा संघले मन्त्री सस्मित पोखरेललाई आगामी कार्यकालको सफलताको लागि शुभकामना पत्र प्रदान गरेको थियो । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पौडीका संरचना र पूर्वाधार स्तरोन्नतीका लागि सरकारले काम गर्ने बताए । मन्त्री पोखरेलले अहिलेसम्म सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र खेल संघले नै खेलकुदमा राम्रो गर्न नसकेको अवस्थामा खेलाडीले धेरै सफलता दिलाउककंदै आएको बताए । यस्तो अवस्थामा पनि खेलाडीको उपलब्धि सह्रानीय रहेको भन्दै मन्त्री पोखरेल प्रशंसा गरे । तर आफ्नो सरकार खेलाडीका लागि आवश्यक काम गर्न लागिरहेको उनको भनाइ छ ।

नेपाली टोलीको प्रमुख प्रशिक्षकमा सुदीप राजभण्डारी, प्रशिक्षकमा सुमन महर्जन र व्यवस्थापकमा राजु महर्जन छन् । पुरुषमा आरभ अग्रवाल, आरोन भण्डारी, आरुष अवाले, अभिभ प्रधान, इसान क्षेत्री तिवारी र रेवन्तबहादुर श्रेष्ठ रहेका छन् । महिलामा आभा वैद्य, आध्याश्री जोशी, अनाया श्रेष्ठ, देवान्शी जोशी, इरा अमात्य, पलिशथा शाक्य, राज्भी सौम्य शाह, सम्यामी । घिमिरे, संस्कृति अधिकारी र सेरेन अवाले छन् । कुल १०८ वटा विधामा १६ खेलाडीले चुनौती प्रस्तुत गर्ने संघका सचिव गंगा गोलेले जानकारी दिइन् ।

टोलीमा रहेका अभिभ प्रधान जापानमा हुने आगामी २० औँ एशियन गेम्सका खेलाडी हुन् ।

नेपाल पौडी संघकाअनुसार प्रतियोगितामा नेपाली खेलाडीहरूले व्यक्तिगत स्पर्धासँगै रिले इभेन्टमा पनि प्रतिष्पर्धा गर्नेछन् । तीन वटा उमेरसमूह नेपाली खेलाडीहरूले प्रतिष्पर्धा गर्नेछन् । एशियाका उत्कृष्ट जुनियर पौडीबाज सहभागी हुने यस प्रतियोगिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास संघले लिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार