अर्काको काधमा राखेर गोली चलाए झै देशको सर्वोच्च पद चल्दैन

स्वस्तिका पन्थी । यतिबेला सबत्र चर्चा र चासोको बिषय बनेको छ भाबि प्रधानमन्त्रीहरुको पब्लिक डिवेट । प्रधानमन्त्रीका रुपमा अगाडी सारिएका तिन उमेद्वार एमाले अध्यक्ष केपी शर्मा वलि, कांग्रेस सभापति गगन थापा र रास्वपाका नयाँ नेता बालेन शाहको तस्विर पोष्ट गर्दै यति सामाजिक सन्जालमा सार्वजानिक बहसको माग बढीरहेको हो । सन्जालमा पोखिएको जनचासो मध्यनजर गर्दै केपि वलि आफैले सामाजिक सन्जाल मार्फत आफु त्यसका लागी तयार रहेको जानकारी दिए । वलिको यो धारणा सार्वजानिक भए सँगै जनतामा एक किसिमको बहस सुन्ने हुटहुटी बढ्यो । तर जब बालेनको नकारात्मक प्रतिकृया आयो हिजो बालेन भनेर जुन सपना आँखाभरी सजाएर बालेनको प्रतिकृया पढ्न थाले सबै जनताको सपना चकनाचुर भएको महशुष भएको छ ।

यहाँ मलाई महाभारतको प्रसंग जोड्न मन लाग्यो । जहाँ कृष्णले जरासन्ध सँग युद्द गर्दिन भनि मैदान छाडेर भागेपछी उनको नाम रणछोण राखिएको थियो । युद्द नकार्ने त्यहि कृष्णले महाभारतको युद्द मैदानमा अर्जुनले आफ्ना दाजुभाई मार्दिन भन्दा युद्द गरि सत्यको बिजय गराउनुपर्छ भनेर सम्झाएका थिए । राजनितीमा कहिले युद्द गर्नु उचित हुन्छ अनि कहिले युद्दबाट भाग्नु उचित हुन्छ तर जे गरेपनि राजनितिक व्यक्तित्वले आफ्ना खुसीले गर्दैनन् । यस्ता निर्णयहरु जनता र राष्ट्रको लागी जनताले सोचेजस्तो हुनुपर्दछ । यहाँ बालेन रणछोण कि होईनन् भन्ने बिश्लेषण गर्दा के देखिन्छ भने आफ्नो औकात पुग्दैन कि भन्ने डरले जनता सामु गरिने मुल्यांकनबाट भाग्न खोजेको होकि भन्ने भान हुन्छ ।

हत्याराहरु संग सँगै बसेर बहस गर्दा हत्यारा ठहरिन्छु भन्ने बालेनको उक्तीलाई अर्को तर्फबाट हेर्न हो भने भने केपि ओलिले र्याप गायक सँग बसेर म पनि गायक हुन्छु भन्न पनि त सक्लान । राजनैतिक र देशको हितका लागी सोच्ने हो भने र बालेनलाई केपी ओलि हत्यारा नै लाग्छ भने जनताले चाहेको कुनै पनि मन्चमा , कुनै ठाउमा र कुनै पनि अवस्थामा त्यस्ता हत्याराहरुलाई फेरी शाषक बनाउनबाट रोक्न सार्वजानिक बहस मात्र हैन , खुल्ला यद्यदको चुनौती पनि स्विकार गर्ने सामथ्र्य प्रदर्शन गर्न सक्नुपर्दछ ।। फेसबुकका स्टाटस र फलोअर्सबाट मात्र हैन राजननितिक धरातलको यो उच्च पद पुग्ने बाटो पनि कठिन छ । अनि पुगिसकेपछी त्यसलाई सम्हाल्ने कार्य अझ कठिन छ भन्ने कुरा जनताको नेताले जान्नु धेरै आवश्यक छ ।

राजनितीलाई प्रतिशोधका रुपमा लिने हाम्रो देशमा फेरी पनि राजनितीक शक्तिलाई प्रतिशोधकै लागी प्रयोग गर्ने एउटा अर्को नेताको रुपमा जनताले देखेको बालेन त पक्कै होईन ।प्रधानमन्त्रीको पद भनेको वजनदार पद हो । जिम्मेदारी पद हो । त्यो कुर्सीमा बस्ने वजन पुगेको छ कि छैन भन्ने मुल्यांकन गर्नु आवश्यक हुन्छ र संसार भरी बिकसित राष्ट्रमा पनि यस्तो मुल्यांकन सार्वजानिक रुपमा प्रतिक्ष्पर्धि उमेदेवारहरुले गर्ने बहसको माध्यमबाट पुरा गरिन्छ ।

राष्ट्रको नायक बन्ने मान्छेले राष्ट्रीय सरोकार राष्ट्रिय निति र अन्र्तराष्ट्रिय सम्बन्धको बारेमा स्पष्ट बिचर राख्न नसके भोली प्रधानमन्त्रीको कुर्सी फलामको चिउरा बन्नेछ । निल्नु न ओकल्नु भएको त्यस्तो पद पाएर फेरी अर्को सत्ता परिवर्तनको आन्दोलन चर्काउनु भन्दा अहिलेनै उमेद्वारको मुल्यांकन हुनु जरुरी हुन्छ ।

बलेन यदि साच्चै नै प्रधानमनत्रीको कुर्सीका लागी दावेदारहुन भने आफुलाई प्रमाणित गर्न जनतासामु उभिन जरुरी छ । भोली देशको दिशा परिवर्तन गर्ने कामका लागी सोचेका नितीगत तथ्यहरु सुझाबहरु र कार्यक्रमहरुका बारेमा जनता सामु बोल्नु जरुरी छ । थुपै्र स्वाठहरु पदमा पुगेर अर्काको काधमा राखेर गोली चलाए झै देशको सर्वोच्च पद चल्दैन महोदय ।

सम्बन्धित समाचार

ताजा समाचार