अछाम । अछाममा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । कमलबजार नगरपालिका वडा नम्बर ७ क्वालेखस्थित कच्ची सडकमा जीप दुर्घटना हुँदा स्थानीय ३४ वर्षीय कर्ण भाटको ज्यान गएको हो ।
गलसेनबाट क्वालेखतर्फ जाँदै गरेको से १ ज ६१३ नम्बरको जीप दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएकोमा उपचारकै क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
दुर्घटनामा २ जना घाइते भएका छन । घाइते हुनेमा स्थानीय ३० वर्षीय बद्री भाट र १३ वर्षीय मिनबहादुर भाट रहेका छन्। उनीहरूको सुर्खेत प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले जिप चालक तुर्माखाँद गाउँपालिका–३ का २६ वर्षीय पुष्प बुढा नियन्त्रणमा लिएको छ।

