नेपालले अमेरिकालाई १२२ रनले हरायो

काठमाडौँ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई नेपालले ४१ ओभर २ बलमा अलआउट गर्दै १२२ रनको सानदार जित निकालेको हो।

कीर्तिपुरस्थिति त्रिवि मैदानमा टस जितेर पहिला बलिङ गरेको अमेरिकाविरुद्ध नेपालले पूरै ५० ओभर खेल्दै आठ विकेटको क्षतिमा ३१७ रन बनाएको थियो । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले अर्धशतक बनाए । दीपेन्द्रले ३६ बलको सामना गर्दै चार चौका र चार छक्काको मद्दतमा ५९ रन बनाए ।

अन्तिम क्रममा विष्फोटक ब्याटिङ गर्नुभएका ऐरी रनआउट भए । तेस्रो क्रममा ब्याटिङ गर्नुभएका इशान पाण्डेले ८४ बलको सामना गर्दै आठ चौका र एक छक्काको मद्दतमा ८४ रनको अर्धशतकीय इनिङ खेले ।

सम्बन्धित समाचार

ताजा समाचार