जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख माओवादी केन्द्रकी उम्मेदवार विजयी

 

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख माओवादी केन्द्रकी उम्मेदवार विजयी भएकी छन् । आइतबार भएको स्थानीय तहको उपचुनावको मत परिणामअनुसार माओवादीकी देवका लामिछाने ४ हजार दुई सय ७२ मत ल्याउँदै निर्वाचित भएकी हुन् ।

उनले कांग्रेसकी इन्द्रा चन्द सिंहलाई हराएकी हुन् । कांग्रेसकी सिंहले तीन हजार एक सय ४७ मत प्राप्त गरिन् । २०७९ मा भएको निर्वाचनमा नलगाडको उपप्रमुख नेपाली कांग्रेसले जितेको थियो । कांग्रेस(माओवादी गठबन्धनबाट उपाध्यक्ष पाएको कांग्रेसले यसपटकको चुनावमा आफ्नो विरासत जोगाउन सकेन ।

गठबन्धनको भागवण्डाअनुसार नगर प्रमुख माओवादीले पाएको थियो भने उपप्रमुख कांग्रेसको भाग परेको थियो । यसअघि कांग्रेसबाट निर्वाचित उपाध्यक्ष सरिता सिंहको १७ कात्तिक २०७९ को भूकम्पमा परी मृत्यु भएको थियो ।

कांग्रेसबाट उपप्रमुखमा निर्वाचित भएकी सिंहले ५ हजार ४ सय ६ मत प्राप्त गरी एमालेका सुनिता बोहोरालाई हराएकी थिइन् । बोहोराले ३ हजार ३ सय ९३ मत प्राप्त गरेकी थिइन् । १३ वटा वडामध्ये माओवादीले पाँच, कांग्रेसले चार, एमालेले तीन र एक स्वतन्त्रले जितेका थिए ।

नलगाडको उपप्रमुखका लागि ६ जना चुनावी मैदानमा थिए । जसमा कांग्रेसबाट इन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहरा, माओवादीबाट देवका लामिछाने, राप्रपा नेपालबाट सुनिता पुन रावल, नेपाल समाजवादीबाट पवित्रा जैसी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्वती पुन रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार