बस दुर्घटनाः १७ जना घाइते

काठमाडौं । पूर्व–पश्चिम सडकखण्डअन्तर्गत जिल्लाको मिथिला नगरपालिका–०९ फुटबल ग्राउण्ड नजिक आज बिहान बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अर्को बसलाई उछिन्ने क्रममा अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार बसमा ३३ यात्रु रहेकामा चालकसहित १७ जना घाइते भएका हुन्।

घाइतेहरूको लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित समाचार

ताजा समाचार