छोराको सजायमा माफी दिएपछि चुलियो बाइडेनको आलोचना

अवैध हतियार र कर मुद्दामा दोषी ठहर भएकाछोरा हन्टर बाइडेनलाई माफी दिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनको आलोचना चुलिएको छ। आफ्नो र परिवारको फाइदाका लागि शक्तिको प्रयोग नगर्ने विगतको प्रतिबद्धता तोडेको भन्दै उनकोे आलोचना भएको हो।

बाइडेनले विगतमा छोरा हन्टरलाई माफी नदिने तर सजाय भने घटाउने बताएका थिए। हन्टर डेलावेयर र क्यालिफोर्नियामा रहेका दुई मुद्दामा दोषी ठहर भएका थिए । सन् २०१४ बाट विभिन्न मुद्दा खेपेका हन्टरले सन् २०२० देखि गम्भीर मुद्दाको सामना गरेका थिए।

उनीविरुद्धका मुद्दामा राष्ट्रपति बाइडेनले हस्तक्षेप गर्ने र माफी दिने आशंका यसअघिदेखि गरिँदै आएकोमा बाइडेनले आफूले परिवारको बचाउका लागि शक्तिको दुरुपयोग नगर्ने दाबी गर्दै अएका थिए। आइतबार बाइडेनले हन्टरलाई माफीको घोषणा गर्दै उनीविरुद्धको फैसला राजनीतिक प्रतिशोधका रूपमा आएको दाबी गरेका छन्। उनले हन्टरविरुद्धको फैसलालाई न्यायको भ्रष्टरूपको संज्ञा दिएका छन्।

बाइडेनले हन्टरलाई माफी किन दिएको भन्ने कुरा अमेरिकाले पछि थाहा पाउनेसमेत दाबी गरेका छन्। अमेरिकामा अदालतले गरेको फैसला राष्ट्रपतिले उल्ट्याउन सक्ने व्यवस्था छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार