फिल्म ‘लालीबजार’विरुद्ध प्रदर्शन

काठमाडौं । भर्खरै प्रर्दशनमा आएको फिल्म लालीबजार विरुद्ध माइतीघर मण्डलमा प्रदर्शन भएको छ । आफ्नो समुदायको चरित्र हत्या हुनेगरी फिल्म ‘लालीबजार’ निर्माण गरिएको भन्दै बादी समुदायका प्रतिनिधिहरूले आइतबार प्रदर्शन गरेका हुन् ।

बादी समुदायको गर्विलो इतिहासलाई बङ्ग्याएर समाजमा नकारात्मक भ्रम फैलाउन खोजिएको आरोप लगाउँदै उनीहरूले उक्त चलचित्रको निर्माण र प्रदर्शनमा तुरुन्त रोक लगाउन माग गरेका छन् ।

प्रदर्शनमा उत्रिएका अधिकारकर्मीहरूले बादी जातिको सम्मान कायम गर, लालीबजार चलचित्र बन्द गर लेखिएका ब्यानर र प्लेकार्डहरू प्रदर्शन गरेका छन् ।

 

सम्बन्धित समाचार

ताजा समाचार