सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको मृत्यु

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको छ।

सोलुदुधकुण्ड नगरपालिका- ७ निवासी विजय घिमिरे विश्वकर्माको लेक लागेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार सगरमाथाको क्याम्प- १ क्षेत्रमा पुगेका आरोही घिमिरे आज बिहान करिब ४ बजेतिर अचानक बिरामी परेका थिए।

उनलाई तत्काल बेस क्याम्पतर्फ फर्काउने क्रममा बाटोमै मृत्यु भएको हो।

ट्रेक नेपाल कम्पनीमार्फत आरोहणमा सहभागी घिमिरेको शव हेलिकोप्टरमार्फत लुक्ला हेलिप्याड ल्याइएको र परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

यसअघि पनि सगरमाथाको चुचुरो चुमिसकेका घिमिरे पछिल्लो समय आरोही ‘गाइड’ को रूपमा समेत कार्यरत थिए ।

सम्बन्धित समाचार

ताजा समाचार