थलापतिले लिए मुख्यमन्त्रीको शपथ

काठमाडौं । तमिलगा भेट्टी कझगम (टीभीके) का अध्यक्ष विजय थलापतिले आइतबार तमिलनाडुको मुख्यमन्त्री पदको शपथ लिएका छन् । यससँगै राज्यमा करिब ६ दशकदेखि जारी दुई प्रमुख दल डीएमके र एआईएडीएमकेको पालैपालो सत्तामा आउने क्रम समाप्त भएको छ ।

तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले आइतबार विजयलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शनिबार २३४ सदस्यीय विधानसभामा १२० निर्वाचित विधायकको समर्थन प्राप्त गरेपछि विजयलाई सरकार गठनका लागि बाटो खुलेको थियो ।

विजयले बिहान १० बजे चेन्नईस्थित नेहरू स्टेडियममा शपथ लिएका हुन् । उनीसँगै टीभीकेका केही वरिष्ठ नेतासहित अन्य नौ जनाले पनि मन्त्री पदको शपथ लिएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार