शक्तिशाली भूकम्पपछि आपतकाल घोषणा

भेनेजुएलामा गएराति लगातार आएका ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पपछि सरकारले देशभर आपतकाल घोषणा गरेको छ । भूकम्पका कारण हालसम्म कम्तीमा ३२ जनाको ज्यान गएको पुष्टी भएको छ भने राजधानी काराकाससहित विभिन्न क्षेत्रका भवनहरू भत्किएका अलजजिराले जनाएको छ ।

कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रका नाममा सम्बोधन गर्दै आपतकाल घोषणा गरेका हुन् । उनले भूकम्पपछि २० वटा परकम्प रेकर्ड भइसकेको जानकारी दिँदै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

भग्नावशेषमा फसेका अन्य व्यक्तिहरूलाई उद्धार भइरहेको छ । चाकाओ क्षेत्रमा मात्र चारभन्दा बढी भवन भत्किएका छन् भने कम्तीमा १८ जनाको जीवित उद्धार गरिएको छ । उद्धार तथा राहत कार्यका लागि सयौँ सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

भूकम्पले काराकास, मिरान्डा, ला ग्वाइरा, अरागुआ र काराबोबो लगायतका राज्यहरूमा व्यापक क्षति पु¥याएको छ । विद्यालय, रेल तथा मेट्रो सेवासमेत बन्द गरिएका छन् । अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पका कारण ठूलो जनधनको क्षति हुन सक्ने चेतावनी दिएको छ ।

यद्यपि आधिकारिक विवरण अझै सार्वजनिक गरिएको छैन ।

सम्बन्धित समाचार

ताजा समाचार