रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यको मतदान सम्पन्न, नतिजा आजै आउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सुरु भएको मतदान केही समयअघि सकिएको हो।

निर्वाचन समितिसँग आबद्ध नेता गणेश पराजुलीका अनुसार मतदानमा करिब ६० प्रतिशत प्रतिनिधिको सहभागिता रहेको प्रारम्भिक अनुमान गरिएको छ।

गत ७ असारदेखि चितवनको भरतपुर मा जारी महाधिवेशनमा पार्टी नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेको छ। यसअघि सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्।

पार्टी विधानअनुसार रास्वपाको केन्द्रीय समिति १५८ सदस्यीय हुनेछ। यसमध्ये ९९ जना निर्वाचनमार्फत चयन हुनेछन् भने ५१ जनालाई सभापति रवि लामिछानेले मनोनयन गर्ने व्यवस्था छ। साथै, सातवटै प्रदेशका सभापतिहरू पदेन ९स्वतः० केन्द्रीय सदस्य रहनेछन्।

केन्द्रीय सदस्यको मतदान सम्पन्न भएसँगै अब पदाधिकारी चयनको प्रक्रिया अगाडि बढ्ने तयारी गरिएको छ। निर्वाचन समितिले मतदानको नतिजा करिब दुई घण्टाभित्र सार्वजनिक गर्ने जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार