कैलाली । कैलालीमा अभ्यासका सक्रमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु भएको छ । मोहन्याल गाउँपालिका–७ को जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्टको मृत्यु भएको हो ।
ग्रिनेड विस्फोटका क्रममा घाइते भएका उनको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा बिहिबार दिउँसो मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । विस्फोटमा सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको तिमिल्सिनाले बताए ।
जोशीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ ।

