बेलायती प्रधानमन्त्री स्टार्मरले दिए पदबाट राजीनामा

बेलायती प्रधानमन्त्री कियर स्टार्मरले सोमबार पदबाट राजीनामा दिएका छन्।

भारी बहुमतका साथ निर्वाचित भएको दुई वर्ष पनि नपुग्दै उनले सत्तारुढ लेबर पार्टीको नेताबाट राजीनामा दिन लागेको र केही हप्ताभित्रै पद छोड्ने घोषणा गरेका छन्।

स्टार्मरले लेबर पार्टीले नयाँ नेता चयन नगरेसम्म आफू कामचलाउ प्रधानमन्त्रीको रूपमा पदमा रहने बताएका छन्। यसले बेलायतलाई एक दशकमा सातौं प्रधानमन्त्रीको दिशातर्फ धकेल्नेछ।

सरकारको खस्कँदो साखलाई पुनर्जीवित गर्न सक्ने नयाँ नेतालाई सत्ता हस्तान्तरण गर्न चौतर्फी दबाब बढेपछि स्टार्मरले यो घोषणा गरेका हुन्। उनले जुलाई २०२४ को निर्वाचनमा लेबर पार्टीलाई सानदार जित दिलाएका थिए। तर त्यसयता उनको र पार्टीको लोकप्रियता निकै खस्किएको छ।

बेलायतको संसदीय शासन प्रणाली अन्तर्गत संसद्मा बहुमत भएको दलको नेतृत्व जसले गर्छ, उही देशको प्रधानमन्त्री बन्ने प्रावधान छ। स्टार्मरको लेबर पार्टीसँग हाल संसद्मा ठूलो बहुमत छ।

स्टार्मरले आफूले लेबर पार्टीलाई नेतृत्व परिवर्तनको समयतालिका तय गर्न आग्रह गर्ने र उम्मेदवारहरूको मनोनयन जुलाई ९ तारिखदेखि खुला हुने बताए।

सम्बन्धित समाचार

ताजा समाचार