गर्मीका कारण धनगढीका विद्यालय बन्द

कैलाली । अत्यधिक गर्मी बढेँसँगै धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ ।

उपमहानगरपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनाअनुसार केही दिनयता बढ्दो गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको हो ।

धनगढी उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा असार ९ गतेदेखि असार १२ गतेसम्म ९बीचमा पर्ने सार्वजनिक बिदासहित० चार दिन पठनपाठन बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।

बिदाको अवधिमा विद्यार्थीहरूलाई घरमै सुरक्षित रहन तथा अत्यधिक गर्मीबाट जोगिन आवश्यक सतर्कता अपनाउन अभिभावकहरूलाई समेत आग्रह गरिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार