भारतीय तेल ट्याङ्करमा अमेरिकी आक्रमण

काठमाडौं । होर्मुज जलडमरूमध्य नजिकै तेल ट्यांकर ‘एमटी सेत्तेबेल्लो’ माथि भएको अमेरिकी आक्रमणमा दुई भारतीय नाविकको मृत्यु भएको छ भने जहाजका प्रमुख इन्जिनियर अझै बेपत्ता रहेको बताइएको छ ।

भारतीय नाविकहरूको सङ्गठन फर्वार्ड सीमेन युनियन अफ इन्डियाका महासचिव मनोज यादवले जहाजसँग सम्पर्क स्थापित हुन नसकेको जानकारी दिएका छन् । उनका अनुसार प्राप्त विवरणअनुसार दुई भारतीय नाविकको मृत्यु भइसकेको छ भने जहाजका प्रमुख इन्जिनियर एक भारतीय नागरिक अझै सम्पर्कविहीन छन् ।

मृत्यु हुनेमा डेक क्याडेट आदित्य शर्मा र इन्जिन फिटर शिवानन्द चौरसियाको पहिचान भएको छ । प्रमुख इन्जिनियर पटनाला सुरेशको खोजी कार्य जारी रहेको जनाइएको छ ।

यादवले अमेरिकी नौसेनाको भूमिकामाथि प्रश्न उठाउँदै जहाजमा भारतीयसहित अन्य विदेशी नागरिक रहेको जानकारी अमेरिकी पक्षलाई रहेको दाबी गरेका छन् । उनले जहाजले कुनै निर्देशन पालना नगरेको भए नियन्त्रणमा लिन सकिने विकल्प हुँदाहुँदै आक्रमण गरिएको बताएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार