अमेरिकासँग गरिएको शान्ति सम्झौता ठूलो जित भएको दावी

काठमाडौं । इरानले अमेरिकासँग भएको सम्झौतालाई ठूलो जितका रुपमा विश्लेषण गरेको छ।

इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले सरकारी सञ्चारमाध्यमसँगको अन्तर्वार्ताका क्रममा यस्तो विश्लेषण गरेका हुन् । अमेरिकासँगको समझदारीपत्रपछि फ्रिज गरिएका कोष फुकुवा हुनु देशका लागि ठूलो उपलब्धि भएको उनको तर्क छ ।

उनले सम्झौताको धारा ११ अनुसार इरानले ६–६ अर्ब अमेरिकी डलरका दुई अलग रकम प्राप्त गर्ने जानकारी दिए। यसका लागि प्रारम्भिक तयारी कतार भ्रमणका क्रममा भएको र अन्तिम स्वीकृति स्विट्जरल्यान्डमा प्राप्त भएको उनको भनाइ छ ।

सभामुख गालिबाफले धारा १० अन्तर्गत तेल, पेट्रोकेमिकल उत्पादन, बैंकिङ, बीमा तथा यातायात क्षेत्रमा लगाइएका प्रतिबन्धमा पनि अन्तिम सम्झौता नहुँदासम्मका लागि केही राहत प्रदान गरिएको बताएका छन् ।

उनले यी निर्णयलाई सम्झौताबाट प्राप्त पहिलो ठूलो लाभका रूपमा व्याख्या गर्दै इरानले यसलाई प्रारम्भिक विजयका रूपमा लिएको समेत जिकिर गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार