सभामुखले सोधे प्रतिनिधिसभा सचिवलाई स्पष्टीकरण

काठमाडौं । सभामुखले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई कार्यसम्पादनमा समस्या देखिएको भन्दै स्पष्टीकरण सोधेका छन्।

संसदीय विषयगत समितिलाई सक्रिय बनाउन पर्याप्त तदारुकता नदेखाएको र सांसदहरूलाई बोल्ने क्रममा पक्षपातपूर्ण रूपमा प्रस्ताव अघि सारेको आरोपमा उनलाई स्पष्टीकरण सोधिएको हो।

सभामुखले उठाएका प्रश्नअनुसार समितिहरू गठन भइसके पनि अपेक्षित रूपमा सक्रिय नभएको र संसदभित्रको प्रक्रियामा निष्पक्षता नदेखिएको विषय समावेश छ।

सचिव राईले भने सभामुखलाई स्पष्टीकरण बुझाइसकेका छन्।

संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभा सचिवलाई पदबाट हटाउन सभामुखले राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्छ। त्यसपछि राष्ट्रपतिले निर्णय गरेपछि मात्र पदमुक्त हुने कानुनी प्रक्रिया रहेको छ।

सम्बन्धित समाचार

ताजा समाचार