काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सुदूरपश्चिम प्रदेशका आफ्ना सांसदहरूसँग छलफल गर्दैछन् ।
अध्यक्ष ओलीले सुदूरपश्चिमका ११ सांसदहरूसँग आज ११ बजे गुण्डुमा गहन छलफल गर्न लागेका हुन् ।
प्रदेशका केही सांसदहरूले संसदीय दलको नेता परिवर्तनको विषय लिएर केही समयअघि अध्यक्ष ओलीलाई भेटेका थिए । ओलीले त्यस विषयमा सामूहिक छलफलपछि मात्रै अगाडि बढ्नुपर्ने सङ्केत दिएका थिए । आज सोही विषयमा छलफल हुने एमालेका एक सांसदले जानकारी दिए ।
ओलीले आवश्यक ठानेको अवस्थामा दलको नेता फेर्न सक्नेछन्, तर त्यसपछि कसलाई बनाउने भन्ने विषयमा भने सबै सांसदहरू एकमत छैनन् । उपनेता रहेकी सन्तोष शर्मा थापा, प्रमुख सचेतक चक्र मल्ल, सुरेन्द्र पाल दलको नेताको दौडमा छन् ।

