रास्वपा निर्वाचन प्रक्रिया आजै सुरु हुनसक्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया आजैदेखि सुरु हुने भएको छ।

बन्द सत्र ढिलोगरी सुरु भए पनि त्यसपछि निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरिएको केन्द्रीय निर्वाचन आयोग स्रोतले जनाएको छ। स्रोतका अनुसार केही ढिलाइ भए पनि आजै निर्वाचन प्रक्रिया सुरु गर्ने योजना छ।

पार्टीले सभापतिमा रवि लामिछाने लाई निर्विरोध चयन गर्ने तयारी गरेको छ। तर ९९ जना केन्द्रीय सदस्यका लागि भने प्रतिस्पर्धात्मक निर्वाचन हुने भएको छ।

निर्वाचित हुने ९९ मध्ये ७ प्रदेशबाट ५–५ जना अनिवार्य रहने व्यवस्था छ, जसमा प्रत्येक प्रदेशबाट २ महिला सदस्य पनि चयन हुनेछन्। बाँकी ६४ पद खुला प्रतिस्पर्धाबाट भर्ने व्यवस्था गरिएको छ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ता र मतदानको समय भने अझै सार्वजनिक गरेको छैन। सभापति र केन्द्रीय सदस्य चयनपछि दोस्रो चरणमा अन्य पदाधिकारीको निर्वाचन हुने बताइएको छ।

रास्वपाले भोलिसम्म महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ।

सम्बन्धित समाचार

ताजा समाचार