विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइँदै

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल लाई आज विशेष अदालतमा उपस्थित गराइने भएको छ।

सोमबार सुर्खेतबाट पक्राउ परेका पौडेललाई त्यसपछि काठमाडौं ल्याइएको थियो। मंगलबार उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराई आवश्यक सोधपुछ गरिएको बताइएको छ।

विभागमा करिब दुई घण्टा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएपछि उनलाई थप कानुनी कारबाहीका लागि विशेष अदालतमा पेश गर्न लागिएको हो।

उक्त प्रकरणमा सम्बन्धित निकायले अनुसन्धान जारी राखेको जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार