कैलाली । कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माविका विद्यार्थी दिनेश पाठक शिक्षा संकायमा देशभरमै उत्कृष्ट नतिजा ल्याएका छन् । उनी शैक्षिक सत्र २०८२ को कक्षा १२ को शिक्षा संकायमा ३.८१ जिपिए ल्याएर देशभरमा उत्कृष्ट नतिजा ल्याएका हुन ।
दुर्गालक्ष्मीका शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि तपराज ओझाले दिनेशको उत्कृष्ट नजिता आएपछि देशैभरी शिक्षा संकायको नतिजाको मुल्याङ्कन गर्दा उनी नेपाल प्रथम भएको आफूहरुले पाएको बताए । उनले शिक्षा संकायमा मुल बिषय अंग्रेजी लिएर अध्ययन गरेका थिए ।
शैक्षिक सत्र २०८२ को नतिजामा दुर्गालक्ष्मीका ४ जनाले उत्कृष्ट ३.६ देखि ४ जिपिए नतिजा ल्याएका थिए ।

