सशस्त्र प्रहरीले भन्योः आपराधिक गतिविधि देखिएमा हामीलाइ सम्पर्क गर्नुहोस् (सुचनासहित)

काठमाडौं। मुलुकमा शान्ति र सुव्यवस्था कायम गर्न तथा जनताको सुरक्षाका लागि सशस्त्र प्रहरीले आफु पूर्ण रूपमा प्रतिवद्ध रहेको एक सुचना मार्फत बताएको छ। हालैको विषम परिस्थितिमा पनि सशस्त्र प्रहरी संयमताका साथ देश र जनताको सेवामा खटिएको सुचनामा जनाइएको छ।

सशस्त्र प्रहरी बल, नेपालले आफ्नो मुख्य जिम्मेवारीअन्तर्गत सीमा सुरक्षामा कुनै पनि किसिमको विचलन नआएको सुचनामा स्पष्ट पारेको छ। अन्तर्राष्ट्रिय सीमामा रहेका अन्य सुरक्षा निकायहरूसँगको समन्वयमा सीमा अपराध, घुसपैठ र अतिक्रमण जस्ता कार्यहरू रोक्न प्रहरी प्रभावकारी रूपमा परिचालन भइरहेको जनाइएको छ।

सशस्त्र प्रहरी बलले हालैको विषम परिस्थिति सामान्यीकरण हुँदै गर्दा केही व्यक्ति वा समूहले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट भ्रामक प्रचारप्रसार गर्न सक्ने वा परिस्थितिको फाइदा उठाई लुटपाट र आगजनीजस्ता आपराधिक गतिविधि गर्न सक्ने भन्दै सचेत गराएको छ।

सशस्त्र प्रहरीले जारी गरेको सुचना यस्तो छः

सम्बन्धित समाचार

ताजा समाचार