भोलि बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक फेरि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको बैठक फेरि सरेको छ । भोलि बिहान ११ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश आइतवारका लागि सारिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख डोलप्रसाद अर्यालले पर्सि आइतवार बिहान ११ बजे बस्ने गरी नयाँ मिति तोकेका हुन् ।

यसअघि आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित भएको थियो । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को महाधिवेशन लम्बिएपछि संसद् बैठक पनि स्थगित भएको हो ।

सभामुखसहित रास्वपाका सबैजसो सांसद महाधिवेशनमा भएकाले संसद् बैठक प्रभावित बन्दै आएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार