शेयर बजार लगातार ओरालो

काठमाडौं । शेयर बजार लगातार पाँचौँ कारोबार दिन घटेको छ । हप्ताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से २ अङ्कले घटेर २ हजार ६४९ दशमलव ५१ विन्दुमा झरेको छ ।

अघिल्लो शुक्रवार २ हजार ७०२ विन्दुमा रहेको नेप्से त्यसयता घटिरहेको हो । नेप्से सोमवार १ दशमलव ४६, मङ्गलवार २६ दशमलव १६, बुधवार १४ दशमलव ४५ र हिजो बिहीवार ८ दशमलव ५० अङ्कले घटेको थियो ।

आज होटल तथा पर्यटन, जलविद्युत्, म्युचल फन्ड, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ । आज १७० वटा कम्पनीको शेयर घटेकोमा ८५ वटाको बढेको छ । यस्तै २० वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज कालिका लघुवित्तको शेयर साढे १० प्रतिशतभन्दा धेरैले घटेको छ । बजार सामान्य घटेको दिन स्नो रिभर्स, टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो २ अर्ब ८३ करोडको कारोबार भएकोमा आज ३५९ वटा कम्पनीका ७७ लाख २७ हजार कित्ता शेयर ३ अर्ब ९४ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार