हलमा लाग्यो राजेश हमाल अभिनीत ‘प्रवासी जीवन’ र अंग्रेजी फिल्म ‘स्क्रिम ७’

शुक्रबारदेखि नेपालका हलमा दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । राजेश हमाल स्टारर सोसल ड्रामा ‘प्रवासी जीवन’ र हलिउडको हरर फिल्म ‘स्क्रिम सेभेन’ रिलिज भएका हुन् । श्याम क्षेत्री र राम अधिकारी निर्देशित फिल्म ‘प्रवासी जीवन’ ले विशेषगरि अमेरिकामा बसोबास गर्ने नेपालीको दुःख, संघर्ष र भोगाइलाई चित्रण गरेको छ ।

यो फिल्ममा हमालसहित सरिता लामिछाने, बुद्धि तामाङ र श्याम क्षेत्रीको शीर्ष भूमिका छ । यो फिल्मको रनटाइम ११० मिनेट र सर्टिफिकेट पीजी छ ।हलिउडको हरर फिल्म ‘स्क्रिम सेभेन’ लाई केभिन विलियमसनले निर्देशन गरेका हुन् । भूतको अनुहार बोकेको एक पात्रले आफ्नो परिवार र छोरीलाई आक्रमण गर्न थाल्छ । यो चुनौतिलाई रोक्न पात्रले संघर्ष गर्नुपर्छ । तपाईंलाई हरर फिल्ममा रुचि छ भने यो फिल्म दर्शनीय हुनसक्छ ।

सम्बन्धित समाचार

ताजा समाचार