फिल्म परालको आगोको टिजर सार्वजनिक

सौगात मल्ल, प्रकाश सपुत र सुहाना थापाको मुख्य अभिनय रहेको फिल्म परालको आगोको टिजर सार्वजनिक भएको छ। सोमबार सार्वजनिक टिजरले फिल्मको कथाबारे धेरै कुरा प्रत्यक्ष नभने पनि केही महत्त्वपूर्ण संकेतहरू दिन्छ। मुख्य कलाकार सौगात मल्ल, प्रकाश सपुत र सुहाना थापा वरिपरि कथा घुम्ने देखिन्छ।

फिल्ममा प्रकाश सपुत र सुहाना थापा श्रीमान/श्रीमतीको भूमिकामा देखिएका छन्, जहाँ सानो निहुँबाट सुरू भएको झगडा हिंसासम्म पुगेको दृश्य टिजरमा प्रस्तुत गरिएको छ। श्रीमती पधेँरोबाट अबेला घर फर्किएको विषयमा सुरू भएको विवादले दाम्पत्यबीचको तनाव देखाउँछ, जसलाई छुट्याउन आएका छिमेकी सौगात मल्ललाई पनि आफूहरूको बीचमा नपर्न आग्रह गरिएको संवाद टिजरमा समेटिएको छ।फिल्ममा सृजना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारीलगायत कलाकारहरूको समेत अभिनय छ । परालको आगोआगामी बैशाख ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

सम्बन्धित समाचार

ताजा समाचार