चुनावमा पराजित भएकाे भाेलिपल्टै सुटिङ सेटमा फर्किन् निशा

प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएकी अभिनेत्री निशा अधिकारी चुनावी परिणामपछि पुनः आफ्नो पुरानै कर्म क्षेत्र फिल्ममा फर्किएकी छन् ।‘गतिशील लोकतान्त्रिक पार्टी’बाट चुनाव लडेकी अधिकारीले निर्वाचनमा आशातित नतिजा भने प्राप्त गर्न सकिनन् । उनले जम्मा ९१ मत प्राप्त गरेकी थिइन् ।

चुनावी नतिजा जस्तो आए पनि हार–जितलाई बिर्सिँदै उनी यतिबेला फिल्म ‘कस्तुरी’ को सुटिङ सेटमा ज्वाइन भएकी छन् । सुटिङ सेटमा फर्किएसँगै निशाले आफूलाई चुनावसम्म पर्खिएर बस्ने ‘कस्तुरी’ टिमलाई सामाजिक सञ्जालमार्फत धन्यवाद दिएकी छन् । फिल्ममा उनले चर्चित अभिनेता निखिल उप्रेतीसँग स्क्रिन सेयर गर्दैछिन् । निखिल आफ्ना पहिलो ‘को–स्टार’ भएको स्मरण गर्दै निशाले उनीसँग काम गर्न पाउनुलाई सुखद संयोग बताएकी छन् ।

सम्बन्धित समाचार

ताजा समाचार