वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशित फिल्म ‘कमला मिस’को छायाङ्कन सकिएको छ । १ फागुनदेखि सुरु भएको फिल्मको छायाङ्कन मंगलबार सकिएको हो । लाइन प्रोड्युसर पुस्कर लामा ९प्रेम भोम्जन०ले करिब २३ दिनको छायाङ्कनमा फिल्म सकिएको बताए ।
उनले चुनावका कारण तीन दिन छायाङ्कन स्थगित भए पनि निर्धारित तालिकाभित्रै काम सकिएको जानकारी दिए ।मनोवैज्ञानिक कथावस्तुमा आधारित ‘कमला मिस’मा निर्देशक निर शाह सहित रमेश बुढाथोकी ,बासना तिमिल्सिना, , शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ ,जयन्त रेग्मी सुरेश थापा , राजन केसी र संजय खतिवडा लगायत कलाकारहरूको मुख्य भूमिका छ।
विजय मल्लको कथा रहेको फिल्ममा पटकथा तथा संवाद निर्देशक निर शाह र प्रजल दुलालले संयुक्त रूपमा तयार पारेका हुन् ।करिब दश वर्षपछि निर्देशनमा फर्किएका निर शाहले नेपाली फिल्म ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता चर्चित फिल्म निर्देशन गरेका छन् ।
https://www.facebook.com/reel/26058157907138078

