हरर फिल्म “ममी” को प्रदर्शन मिति घोषणा

अभिनेत्री प्रियंका कार्की र दीया मास्केको मुख्य अभिनय रहेको हरर फिल्म “ममी” को प्रदर्शन मिति घोषणा गरिएको छ।

निर्माणपक्षले मंगलबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो।

फिल्म आगामी माघ २५ गतेदेखि प्रदर्शनमा आउनेछ।

सार्वजनिक पोस्टरमा एउटा ठूलो रूखको फेदमा घर देखाइएको छ। प्रियंका र दीयालाई सोही रूखको आकारमा प्रस्तुत गरिएको छ। पोस्टरमा प्रियंका गम्भीर भावमा प्रस्तुत छिन् भने दीयालाई रगताम्य अनुहारसहित डरलाग्दो अवतारमा प्रस्तुत गरिएको छ।

हरर फ्यामिली ड्रामा फिल्मलाई समर निरौलाले लेखन तथा निर्देशन गरेका हुन्।

एसओ ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्ममा प्रियंका र दीयासँगै सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रिना ढकाल लगायत कलाकारको अभिनय छ।

लोकराज जोशी र पूर्णिमा जोशी निर्माता छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार