लागूऔषधसहित एक युवक पक्राउ

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ डाँडा बिचुवाबाट प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

शनिबार बेलुकी इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका स्थानीय १९ वर्षीय कृष्ण रानालाई चेकजाँच गर्ने क्रममा अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने ४१० मिलिग्राम पदार्थ बरामद गरेको हो।

प्रहरीले उक्त पदार्थसहित रानालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका रानामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार