अमेरिकाले दिएन इरानी खेलाडीका केही अधिकारीलाई भिसा

तेहरान । इरानको फुटबल महासङ्घले सन् २०२६ को विश्वकप प्रतियोगिताअघि राष्ट्रिय फुटबल टोलीका केही व्यवस्थापकीय तथा कार्यकारी अधिकारीहरूलाई अमेरिकी प्रवेशाज्ञा ९भिसा० नदिइएको भन्दै अमेरिकी सरकारको कडा आलोचना गरेको छ ।

महासंघले आफ्नो आधिकारिक वक्तव्यमार्फत अमेरिकी कदमलाई खेलभावनाविपरीत, पूर्ण रूपमा राजनीतिक प्रेरित तथा अन्तर्राष्ट्रिय खेलकुद कानुनको मर्मविपरीत भएको जनाएको छ ।

महासंघका अनुसार राष्ट्रिय टोलीसँग सम्बन्धित व्यवस्थापकीय, प्राविधिक, प्रशासनिक तथा सहयोगी कर्मचारीहरू प्रतियोगिताको तयारीका लागि अत्यावश्यक रहेकाले उनीहरूलाई भिसा उपलब्ध गराइनु आवश्यक छ ।

इरानले यस विषयलाई अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा० समक्ष पनि उठाएको जनाएको छ । महासंघले प्रतियोगितामा सहभागी टोलीका आवश्यक अधिकारीहरूको भिसा सुनिश्चित गराउने जिम्मेवारी फिफाको समेत रहेको उल्लेख गरेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार