नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले नेता हरिबोल गजुरेललाई निष्कासन गरिएको विषयमा असन्तुष्टि जनाएका छन्।सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर नेता खनालले गजुरेललाई स्पष्टीकरणको मौका समेत नदिई पार्टीबाट निष्कासन गरिएको र त्यसबारे पार्टीभित्र छलफल नभएकोप्रति असन्तुष्टि जनाएका हुन्।
एकाध व्यक्तिहरूको इच्छा बमोजिम ठूल्ठुला निर्णयहरू गर्न थालिनु, यहाँसम्म कि कमरेड हरिबोल गजुरेलजस्ता वरिष्ठ नेताहरूमाथि स्पष्टीकरण दिने मौका पनि नदिइकन पार्टीबाट निष्कासन सम्मको कठोर कारबाही हुनु, विभिन्न घटकबाट आएका नेताहरूलाई संस्थागत रूपमा जानकारीसम्म पनि नहुनु र एकैचोटी सार्वजनिक सञ्चर माध्यमबाट थाहा पाउनु आश्चर्यजनक घटनाहरू भएका छन्, उनले लेखेका छन्।नेता खनालले उक्त कारबाही तत्काल स्थगित गर्न माग गरेका छन्। साथै पार्टीलाई संस्थागत बनाउन र गजुरेलसहित नेतृत्वदायी तहमा रहेका नेताहरूको आकस्मिक बैठक बोलाउन माग गरेका छन्।

