अमेरिकामा आइतबार आएको भीषण हिम आँधी ले देशभरको जनजीवन अस्तव्यस्त बनाएको छ। करिब १० लाख घरमा विद्युत् सेवा अवरुद्ध भएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० वटा राज्य र राजधानी वासिङ्टन डिसीमा आपत्काल घोषणा गरेका छन् ।
नेशनल वेदर सर्भिस ९एनडब्ल्यूएस० का अनुसार यो आँधी करिब ३,२२० किलोमिटर क्षेत्रमा फैलिएको छ। यसबाट करिब २१ करोड अर्थात् दुई(तिहाइ अमेरिकी नागरिक प्रभावित भएका छन्।‘डेली मेल’ का अनुसार न्युयोर्कसहित देशभर हालसम्म १३ जनाको मृत्यु भइसकेको छ।‘फ्लाइटअवेयर’ को तथ्याङ्कअनुसार शुक्रबारदेखि हालसम्म ३१,००० भन्दा बढी उडानमा अवरोध पुगेको छ भने १८,००० भन्दा बढी उडान रद्द भएका छन्। आइतबार मात्रै १०,८०० भन्दा बढी उडान रद्द भए। विशेषज्ञहरूका अनुसार उडान रद्द र ढिलाइ हुने समस्या अझै केही दिनसम्म कायमै रहन सक्छ।

