काठमाडौं । ट्रमा सेन्टरमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ ।
सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका थप एक जनाको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
योसँगै ट्रमा अस्पतालमा मात्रै मृत्यु हुनेको संख्या १५ पुगेको छ भने घाइतेहरूको विवरण प्राप्त भएको छैन।

