मुलुकका ठूला सहरहरुमा कर्फ्यु आदेश

काठमाडौं । जेनजीको आन्दोलनलाई मध्यनजर गर्दै रुपन्देही जिल्ला प्रशासन कार्यालयले बुटवल–भैरहवा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न आज दिउँसो ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार, प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क ले दिएको अधिकार प्रयोग गरी यो कदम चालेका हुन्।

प्रशासनले जारी गरेको सूचनाअनुसार, कर्फ्युको समयमा तोकिएको क्षेत्रभित्र कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन वा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

जेनजीले गरेको प्रर्दशन उग्रभएपछि निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञा मुलुका ठूला सहर काठमाडौं, पोखरा, बुटबल, धनगढी लगायत बिभिन्न ठाउँमा छ ।

सम्बन्धित समाचार

ताजा समाचार