जेनजीको प्रदर्शनमा घाइते हुनेको संख्या बढ्दै

काठमाडौं । राजधानीमा जारी जेनजीको आन्दोलनलाई नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेपछि घाइते हुनेको संख्या बढ्दै गएको छ।

सोमबार नयाँबानेश्वर क्षेत्रमा भएको प्रदर्शनलाई तितरबितर पार्ने क्रममा प्रहरीले रबरको गोली र अश्रुग्याँस प्रहार गरेको थियो। सो क्रममा प्रदर्शनकारीसहित पत्रकार र सर्वसाधारण पनि घाइते भएका छन्।

सिभिल अस्पतालका अनुसार अहिलेसम्म उपचारका लागि आएका घाइतेहरूको संख्या लगातार बढिरहेको छ। घाइतेमध्ये केहीको अवस्था सामान्य भए पनि केहीलाई थप उपचारका लागि अन्य अस्पतालमा पठाइएको बताइएको छ।

सार्वजनिक सम्पत्ति र सुरक्षाकर्मीमाथि आक्रमण हुनसक्ने भन्दै प्रहरीले बल प्रयोग गरेको जनाएको छ। तर, प्रदर्शनकारीले भने आफ्ना मागलाई दबाउन सरकारले अन्धाधुन्ध बल प्रयोग गरेको आरोप लगाएका छन्।

प्रदर्शन अझै जारी रहेकाले घाइते हुनेको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार