फिल्म “माइतीघर”को मुख्य अभिनेत्रीमा उपासना सिंह ठकुरी अनुबन्धित

फिल्म “माइतीघर”को मुख्य अभिनेत्रीमा उपासना सिंह ठकुरी अनुबन्धित भएकी छिन्।

उनलाई शीर्ष भूमिकामा लिइएको निर्माता रोहित अधिकारीले जानकारी दिए।

सामाजिक पारिवारिक कथामा निर्माण हुने यो फिल्ममा यसअघि केदार घिमिरे ९माग्नेबुढा० अनुबन्धित भइसकेका छन्।

अन्य दुई अभिनेता र एकजना अभिनेत्री छनोटको चरणमा रहेको जनाइएको छ। यी कलाकारहरू पनि नाम चलेकै रहने निर्माता अधिकारीले बताए।

रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मलाई मिलन तामाङले निर्देशन गर्नेछन्। रामशरण पाठक लेखक रहेको फिल्मको निर्मातामा रविन शेरचन र धिरज तामाङ जोडिएका छन्।

कार्यकारी निर्मातामा चन्द्रकुमार दोङ र ईश्वर श्रेष्ठ हुनेछन्।

फागुन–चैतमा फिल्मको छायांकन फिल्मको प्रदर्शन मिति समेत घोषणा भइसकेको छ।

फिल्म आगामी दसैंमा प्रदर्शनमा आउने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार