पुष्पा २ का कारण कति खुम्चियो नेपाली फिल्मको शोरु

बिहीबारदेखि प्रतिक्षित भारतीय फिल्म पुष्पा २ रिलिज हुँदैछ।

अल्लु अर्जुन अभिनीत यो फिल्मले नेपालमा पनि उच्च शो पाएको छ। मल्टिप्लेक्स चेन क्युएफएक्सले काठमाडौंमा मात्रै ८१ शो दिएको छ।

आईएनआई, बिग मुभिज, वान सिनेमाज लगायतका मल्टिप्लेक्सले पनि ठूलो संख्यामा शो दिएका छन्।

क्युएफएक्सले बिहान ६ बजेदेखि मध्यरात १२ बजेसम्मका शो राखेको छ। बिग मुभिजले बिहान ४ः१५ बजेदेखिको शो राखेको छ। पहिलो दिनका कतिपय शो दुई दिनअघि ‘सोल्डआउट’ भइसकेका छन्।

एक्सन, क्राइन, ड्रामा जनराको पुष्पा २ मा अल्लु अर्जुनसँगै रश्मिका मन्दना, फहद फासिलको शीर्ष अभिनय छ। सुकुमार निर्देशित फिल्मको रनटाइम ३ घण्टा २१ मिनेट छ।

खुम्चियो नेपाली फिल्मको शो

ुपूर्णबहादुरको सारंगीु देखि ुतेल भिसाु सम्मको शो ुपुष्पा २ु का कारण खुम्चिएको छ।

तिहारदेखि हल कब्जा गरिरहेको नेपाली फिल्म ुपूर्णबहादुरको सारंगीु लाई क्युएफएक्सले बुधबारका लागि काठमाडौंभित्र २७ शो दिएको छ भने बिहीबार शो खुम्चिएर १० मा झरेको छ।

आईएनआईमा यो फिल्मले बुधबारका लागि १२ शो पाएको छ भने बिहीबारको शो ३ मा झरेको छ। बिग मुभिज, वान सिनेमाज लगायतमा पनि फिल्मको शो घटाइएको छ।

त्यस्तै, मंसिर ७ मा रिलिज फिल्म ुतेल भिसाु को पनि बिहीबारको शो खुम्चिएको छ। यो फिल्मलाई बुधबार क्युएफएक्सले काठमाडौंभित्र १३ शो दिएको छ भने बिहीबारको शो ४ मा झरेको छ। अन्य मल्टिप्लेक्सले पनि यो फिल्मको शो घटाएका छन्।

कात्तिक ३० मा रिलिज फिल्म ुह्रस्व दीर्घु भने बिहीबारदेखि अधिकांश हलबाट हटने देखिएको छ।

क्युएफएक्समा बिहीबारका लागि यो फिल्मको शो तय छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार