धवनको ७२ रनको मद्दत, कर्णालीले दियो १५० रनको लक्ष्य

कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई जितका लागि १५० रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङ गरेको कर्णालीले ५ को विकेटको क्षतिमा १४९ रन बनायो। कर्णालीका लागि शिखर धवनले अविजित ७२ रन बनाए। कर्णालीका चाडविक वाल्डन २१, बाबर हायात१३, गुलशन झा १२, अर्जुन घर्ती ४ रनमा स्वटरबाट बोल्ड भए भने ओपनर देव खनाल डक आउट भए।

गेरार्ड इरासमसले दुई विकेट नाथन सोटर करण केसी र दिपेश कंडेलल समान एक एक विकेट लिए। कर्णाली र काठमाडौं दुवै टोलीले यसअघि १–१ खेलिसकेका छन्। जसमा यी दुवै टोली पराजित भएका छन्।

काठमाडौं गुर्खाजलाई चितवन राइनोजले पराजित गरेको छ भने कर्णाली याक्सलाई जनकपुर बोल्ट्सले स्तब्ध पारेको छ। यी दुई टोली मैदानमा उत्रँदा नेपाली राष्ट्रिय टोलीका दुई अनुभवी पेस बलरमा दर्शकको नजर रहनेछ।

याक्सका मार्की खेलाडी सोमपाल कामी र गुर्खाजका मार्की करण केसी दुवै राष्ट्रिय टोलीका अनुभवी पेस बलर हुन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार