कीर्तिपुरमा चक्कु प्रहार गरी युवकको हत्या

काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ।

कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा दिउँसो साढे २ बजे विपिन घिमिरेमाथि धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। गम्भीर घाइते अवस्थामा उनलाई कीर्तिपुर अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार घटना साथी–साथीबीचको विवादका क्रममा भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रहरीले हत्यामा संलग्न व्यक्तिको पहिचान भइसकेको र उनलाई पक्राउ गर्न खोजी कार्य जारी रहेको जनाएको छ। प्रहरी टोली परिचालन गरिएको एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

सम्बन्धित समाचार

ताजा समाचार