विश्वकप लिग टु स् नेपाल र ओमानको खेल आज

-आइसिसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आज ओमानसँग खेल्दैछ। प्रतियोगिता विहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ। आठ टिम सहभागी प्रतियोगितामा नेपाल पुछारबाट दोस्रो स्थानमा छ। यस प्रतियोगिताको शीर्ष चार टिमले एकदिवसीय विश्वकपको ग्लोबल छनोट खेल्ने छ।

पुछारका चार टिमले प्लेअफ क्वालिफायर खेल्नुपर्ने प्रावधान रहेको छ। त्यसैले पनि शीर्ष चारमा पर्ने सम्भावना कायम राख्न नेपाल घरेलु मैदानमा भइरहेको शृङ्खलाका चारै खेल जित्ने प्रयासमा रहेको छ। नेपालले पहिलो खेलमा संयुक्त अरब इमिरेट्स ९युएई० लाई हराइसकेको छ। आज पनि ओमानविरुद्धको खेलमा जितको यात्रा कायम राख्ने प्रयास नेपाल रहेको छ। नेपालले २१ खेलमा १४ अङ्क बनाएको छ।

ओमान भने २५ खेलमा २९ अङ्क जोडेर तेस्रो स्थानमा छ। नेपाल र ओमानबिच अहिलेसम्म आठ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएको छ। जसमा नेपालले तीन र ओमानले चार खेल जितेको छ। एक खेल रद्द भएको थियो।

सम्बन्धित समाचार

ताजा समाचार