फिफा विश्वकपः फ्रान्स र सेनेगल आमनेसामने

काठमाडौं । फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दाबेदार फ्रान्स र सेनेगल खेल्दैछन् । समूह ‘आई’ को यो खेल राति पौने १ बजे अमेरिकाको न्यु योर्क न्यु जर्सी रङ्गशालामा शुरू हुनेछ ।

फ्रान्सले सन् १९९८ र २०१८ मा गरी दुई पटक उपाधि जितेको छ । फ्रान्सले पछिल्ला ७ मध्ये ४ संस्करणमा फाइनल खेलेको छ । फ्रान्सेली टोलीलाई माइकल ओलिस, केलियन एमबाप्पे, ओलिभिर गिरोड जस्ता खेलाडीले अझ बलियो बनाएको छ । फ्रान्स फिफा वरीयताको दोस्रो स्थानमा छ ।

फिफा विश्वकपमा फ्रान्स र सेनेगल २४ वर्षपछि आमनेसामने हुन लागेका हुन् । यसअघि सन् २००२ को विश्वकपमा सेनेगलले फ्रान्सलाई १–० गोलले हराएको थियो । फिफा विश्वकपमा भोलि बिहान पौने ४ बजे अमेरिकाको बोस्टन रङ्गशालामा समूह ‘आई’ कै इराक र नर्वे खेल्दैछन् ।

यस्तै पौने ७ बजे अमेरिकाको कन्सास सिटी रङ्गशालामा समूह ‘जे’ मा रहेका साविक विजेता अर्जेन्टिना र अल्जेरिया खेल्दैछन् । पौने १० बजे अमेरिकाको सान फ्रान्सिस्को बे एरिया रङ्गशालामा समूह ‘जे’ का अस्ट्रिया र जोर्डन खेल्दैछन् ।

सम्बन्धित समाचार

ताजा समाचार