राजाले गद्दी त्यागेर सुख पाउँदैनन्, देशको स्वार्थका लागि पनि राजा चाहिन्छः केशरबहादुर विष्ट

राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादु विष्टले राजसहितको प्रजातन्त्र पुनस्र्थापित हुने दाबी गरेका छन् ।

बिहीवार राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिद्वारा आयोजित कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।

उनले नेपालले छिट्टै राजासहितको प्रजातन्त्र र संवद्र्धनवादी राजनीतिक नेतृत्व विश्वमाँझ प्रश्तुत गर्ने जिकिर गरे ।

उनले आफूहरुले १८ वर्षदेखि देशलाई बलियो बनाउन राजसंस्थासहितको प्रजातन्त्र आवश्यक भएको बताउँदै आएको बताए ।

उनले राजसंस्थासहितको प्रजातन्त्र आवश्यक छ भन्नेहरु अहिले राष्ट्रिय झण्डामुनी गोलवद्ध भएर आन्दोलनको जग बसालेको बताए ।

राजाले गद्दी त्याग गरेर सुख नपाउने भन्दै देश रक्षाको स्वार्थका लागि पनि राजसंस्था अवश्यक भएको बताए । राजासहितको प्रजातन्त्रको सुनौलो इतिहास रच्दै प्रजातन्त्रलाई थप सुदृढ बनाइने उनको भनाइ छ ।

अध्यक्ष विष्टले देशको माया हुने सबैले आन्दोलनमा भाग लिएर सफल गराउनुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार

ताजा समाचार