गृहमन्त्री रमेश लेखकले ४ ताप्लेजुङको आन्दोलनबारे छलफल गर्न जिल्लाका सांसदलाई बोलाए

पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा भइरहेको आन्दोलनको विषयमा पूर्वी पहाडका सांसदहरूसँग गृहमन्त्री रमेश लेखकले छलफल गर्ने भएका छन् । लेखकले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका प्रतिनिधिसभा सदस्यहरूलाई छलफल गर्न लागेका हुन् । इलाम २ का सांसद सुहाङ नेम्वाङले अपरान्ह ५ बजे गृहमन्त्रालय बोलाइएको जानकारी दिए ।

शनिबार केबलकार निर्माणको विरोधमा उत्रिएका पहिचान पक्षधरहरूको समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो । सोक्रममा केही प्रदर्शनकारीलाई गोली लागेको थियो । आन्दोलनरत पक्षसँग वार्ता एवं स्थिति थप तनाव हुन नदिन सरकारको तर्फबाट पहलस्वरूप गृहमन्त्रीले छलफल गर्न लागेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार