ट्रम्पले दिए टिकटकको सेयर माइक्रोसफ्टले किन्ने संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक्रोसफ्ट कम्पनीले टिकटकको अमेरिकी कारोबार खरिद गर्न सक्ने संकेत गरेका छन् ।

उनलाई पत्रकारहरुले सोधेको एक प्रश्नमा माइक्रोसफ्टले टिकटक खरिद गर्नका लागि छलफल चलाएको हो ? भनेर सोधेका थिए । त्यसको जवाफमा ट्रम्पले भने, ‘हो । टिकटकमा साँच्चै रुचि छ ।’ उनले टिकटक खरिदका लागि मोलमोलाइको होड देख्न चाहेको पनि बताएको बीबीसीले जनाएको छ । यसअघि टिकटक खरिदबिक्रीबारे अमेरिकी कम्पनीसँग प्रारम्भिक छलफल चलेको समाचार सार्वजनिक भएको थियो । त्यतिबेला एलन मस्कले टिकटक खरिद गर्न सक्ने अनुमान गरिएको थियो । गत हप्ता ट्रम्पले एक निर्देशनात्मक आदेश जारी गर्दै ७५ दिनभित्र अमेरिकी कम्पनीलाई टिकटकको सेयर बिक्री गर्नुपर्ने र त्यसो नगरे टिकटक बन्द गर्ने चेतावनी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार